भागवत भट्टराईको नेतृत्वमा सेजनको नयाँ कार्यसमिति

भागवत भट्टराईको नेतृत्वमा सेजनको नयाँ कार्यसमिति तरुण खबर २२ भाद्र २०८२, आईतवार १२:०४
भागवत भट्टराईको नेतृत्वमा सेजनको नयाँ कार्यसमिति

काठमाडाैं, २२ भदाै । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं अधिवेशनले भागवत भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्ष पदका लागि भएको निर्वाचनमा भट्टराईले ११० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी विश्वास रेग्मीले ९० र आशा थपलियाले ४१ मत पाए।

त्यसैगरी, महासचिवमा कमलकुमार बस्नेत निर्वाचित भएका छन्। उनले १३९ मत ल्याउँदा उनका प्रतिस्पर्धी अच्युत पुरीले १०४ मत प्राप्त गरे। कोषाध्यक्षमा केशु लामिछानेले ममता थापालाई पराजित गर्दै १३३ मतका साथ विजय हासिल गरेकी छिन्। थापाले भने १०८ मत ल्याइन्।

सेजनको उपाध्यक्षमा जीवन बस्नेत र सचिवमा शंकर पण्डित भने निर्विरोध निर्वाचित भएका थिए।

नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा अर्जुन तामाङ (१४१ मत), कमल धिताल (१८५ मत), भोजराज भण्डारी (१४६ मत), राजु बास्कोट (१५९ मत) र सिमा तामाङ (१६२ मत) रहेका छन्।