शिवम सिमेन्टको ‘नो कम्प्रमाइज’ अभियान: तेस्रो भिडियो सार्वजनिक

शिवम सिमेन्टको ‘नो कम्प्रमाइज’ अभियान: तेस्रो भिडियो सार्वजनिक तरुण खबर २३ भाद्र २०८२, सोमबार ११:२१
शिवम सिमेन्टको ‘नो कम्प्रमाइज’ अभियान: तेस्रो भिडियो सार्वजनिक

काठमाडाैं, २३ भदाै । नेपाली सिमेन्ट उद्योगमा स्थापित नाम शिवम सिमेन्टले आफ्नो सफल ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ अन्तर्गत तेस्रो भिडियो सार्वजनिक गरेको छ। यस पटकको भिडियोले ‘समयको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिएको छ।

नयाँ भिडियोमा दुई साथीबीचको कथा देखाइएको छ, जसमा एक जना समयमै एयरपोर्ट पुगेको छ भने अर्को जहाज उडान ढिलो हुने ठानेर घरमै बसेको छ। तर, जहाज समयमै उड्न लागेको खबरले अर्को साथीलाई हतारिँदै एयरपोर्ट पुग्नुपर्ने बाध्यता सिर्जना हुन्छ। यस कथाले जीवनमा हरेक सेकेन्डको महत्त्वलाई जोड दिँदै समयप्रति सचेत हुन आग्रह गरेको छ।

यसअघि, यसै अभियानअन्तर्गत ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ र ‘सर्तकताको मामलामा नो कम्प्रमाइज’ सन्देशसहितका भिडियोहरू सार्वजनिक गरिसकेको छ। पहिलो भिडियोमा ट्राफिक प्रहरीको जीवनमार्फत कर्तव्यबोधको महत्त्व देखाइएको थियो भने, दोस्रो भिडियोमा घरबेटी र भाडावालको कथाबाट सतर्कताको आवश्यकतामाथि जोड दिइएको थियो। यी दुवै भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए।

शिवम सिमेन्टले यो अभियानलाई केवल विज्ञापन मात्र नभई समाजप्रति आफ्नो उत्तरदायित्व र जनचेतना जगाउने माध्यमको रूपमा अगाडि बढाएको छ। कम्पनीले “नो कम्प्रमाइज भन्न जति सजिलो छ, व्यवहारमा पुरा गर्न त्यतिनै गाह्रो छ, तर जसले पुरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ” भन्ने सन्देशमार्फत आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।

स्थापनाकालदेखि नै ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम सिमेन्टले आफ्नो निरन्तरको गुणस्तरीय उत्पादनका लागि ‘एनएस क्वालिटी अवार्ड २०१९’ समेत प्राप्त गरिसकेको छ। कम्पनीले ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’, र ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ जस्ता नाराहरूमार्फत आफ्नो ब्रान्डको सिद्धान्तलाई स्पष्ट पारेको छ।