तरुण खबर
२३ भाद्र २०८२, सोमबार ११:५६
काठमाडाैं, २३ भदाै । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्ष पदमा सुरेन्द्र कुमार पौडेल नियुक्त भएका छन्। गत बिहीबार (भदौ १९ गते) बसेको मन्त्रिपरिषदको बैठकले उनलाई चार वर्षको कार्यकालका लागि अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त अध्यक्ष पौडेलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।



