तरुण खबर
२३ भाद्र २०८२, सोमबार १२:१८
काठमाडाैं, २३ भदाै । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजी पुस्ताका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अघि बढेपछि प्रहरीले उनीहरूलाई रोक्न अश्रुग्याँस प्रयोग गरेको हो।
माइतीघर र तिनकुनेबाट अगाडि बढेका प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड तोडेर संसद भवन नजिक पुग्न सफल भएका थिए। सोही क्रममा प्रहरीले उनीहरूको भीडलाई तितरबितर पार्न अश्रुग्याँस प्रहार गरेको छ। प्रदर्शनमा सहभागीहरूले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन जारी राखेका छन्।


