जेनजी प्रदर्शनकारी संसद भवनभित्र, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

जेनजी प्रदर्शनकारी संसद भवनभित्र, प्रहरीद्वारा अश्रुग्याँस प्रहार तरुण खबर २३ भाद्र २०८२, सोमबार १२:३०
जेनजी प्रदर्शनकारी संसद भवनभित्र, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

काठमाडाैं, २३ भदाै । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्धविरुद्ध आन्दोलित जेनजी पुस्ताका प्रदर्शनकारीहरूले संघीय संसद भवनको गेट तोडेर भित्र प्रवेश गरेका छन्। प्रहरीको घेरा र सुरक्षा व्यवस्थालाई छिचोल्दै उनीहरू भवनको पर्खाल चढेर भित्र छिर्न सफल भएका हुन्।

संसद भवन परिसरभित्रै प्रदर्शनकारीहरू प्रवेश गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरिरहेको छ।

यो घटनाले आन्दोलनको स्वरूप थप उग्र बन्दै गएको देखाएको छ।