सरकारले आज साढे ८ अर्बको ट्रेजरी बिल जारी गर्दै

सरकारले आज साढे ८ अर्बको ट्रेजरी बिल जारी गर्दै तरुण खबर २३ भाद्र २०८२, सोमबार १२:४०
सरकारले आज साढे ८ अर्बको ट्रेजरी बिल जारी गर्दै

काठमाडाैं, २३ भदाै । सरकारले आज (मंगलबार) ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। यो रकम ९१ दिने ट्रेजरी बिलमार्फत संकलन गर्न लागिएको हो।

नेपाल राष्ट्र बैंकले बोलकबोल प्रणालीमार्फत यो ट्रेजरी बिल निष्कासन गर्नेछ। यसमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक संस्थाहरू र सर्वसाधारणले समेत भाग लिन पाउनेछन्। कुल रकमको १५ प्रतिशत अप्रतिस्पर्धी बोलकबोलकर्ताका लागि छुट्याइएको छ।

हाल बैंक तथा वित्तीय संस्थाहरूमा रहेको अधिक लगानीयोग्य रकम र सस्तो ब्याजदरलाई ध्यानमा राख्दै सरकारले आन्तरिक ऋणको मात्रा बढाउँदै आएको छ। चालू आर्थिक वर्षमा सरकारले कुल ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ, जसमध्ये १ खर्ब ३० अर्ब रुपैयाँ ट्रेजरी बिलबाट संकलन गरिनेछ।

ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको सरकारी ऋणपत्र हो। यसअघि गत भदौ १६ गते जारी गरिएको ८१ दिने ट्रेजरी बिलको ब्याजदर २.३२ प्रतिशत र ३६४ दिने ट्रेजरी बिलको ब्याजदर २.६९ प्रतिशतसम्म पुगेको थियो।