जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुद्वारा सिंहदरबार छिर्ने प्रयास

जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुद्वारा सिंहदरबार छिर्ने प्रयास तरुण खबर २४ भाद्र २०८२, मंगलवार १४:५५
जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुद्वारा सिंहदरबार छिर्ने प्रयास

काठमाडौं । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबार छिर्ने प्रयास गरेका छन् । मंगलबार सिंहदरबार छिर्ने प्रयास गरेका उनीहरुलाई प्रहरीले रोकेको हो ।

काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ । जेनजीहरुले आज विभिन्न राजनीतिक दलका पार्टी कार्यालय ,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन् ।