शेयर कारोबार दुई दिन बन्द

शेयर कारोबार दुई दिन बन्द तरुण खबर २५ भाद्र २०८२, बुधबार ११:२१
शेयर कारोबार दुई दिन बन्द

काठमाडाैं, २५ भदाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज र भोलि (असोज २२ र २३ गते) शेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ। नेप्सेले एक सूचना जारी गर्दै वर्तमान असहज परिस्थितिका कारण कारोबार सदस्य र लगानीकर्ताहरूबाट प्राप्त अनुरोधलाई ध्यानमा राख्दै धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार सम्पूर्ण धितोपत्रको कारोबार स्थगित गरिएको जानकारी दिएको छ।

नेप्सेको यो निर्णयले पूँजी बजारमा देखिएको हालको अस्थिरता र अनिश्चिततालाई सम्बोधन गर्न खोजेको देखिन्छ। यसअघि पनि विभिन्न समयमा विषम परिस्थितिका कारण नेप्सेले कारोबार स्थगित गर्दै आएको थियो। यो निर्णयले लगानीकर्ताहरूलाई थप अन्योलबाट बचाउने र बजारमा स्थिरता कायम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

अर्को सूचना जारी नभएसम्मका लागि आज र भोलि कुनै पनि शेयरको किनबेच र कारोबार नहुने नेप्सेले स्पष्ट पारेको छ।