तरुण खबर
२५ भाद्र २०८२, बुधबार ११:२६
काठमाडाैं, २५ भदाै । वीरगन्जका मुख्य सडक र भित्री गल्लीहरूमा नेपाली सेनासहित सुरक्षाकर्मीको गस्ती बढाइएको छ। स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ।
सुरक्षाकर्मीहरूले सडकमा हिँडडुल गर्ने मानिसहरूलाई अनावश्यक रूपमा आवतजावत नगर्न चेतावनीसमेत दिएका छन्।
नेपाली सेनाले एक सूचना जारी गर्दै कुनै पनि संदेहास्पद गतिविधि देखिएमा तत्काल नजिकको सुरक्षा निकायलाई खबर गर्न अनुरोध गरेको छ। हालको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र सम्भावित जोखिमलाई कम गर्न यो कदम चालिएको बताइएको छ।


