तरुण खबर
२५ भाद्र २०८२, बुधबार ११:३७
काठमाडाैं, २५ भदाै । जेनजी आन्दोलनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार दिउँसो २:३० बजेदेखि बन्द भएको छ। विमानस्थलले एक सूचना जारी गर्दै बुधबार (आज) दिउँसो १२ बजेसम्मका लागि सम्पूर्ण उडान सेवा स्थगित गरिएको जनाएको छ।
विमानस्थल बन्द हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा ठूलो असर परेको छ। यसबाट प्रभावित यात्रुहरूलाई लक्षित गरी वायुसेवा कम्पनीहरूले पैसा फिर्ता गर्ने निर्णय गरेका छन्।
बुद्ध एयर लगायतका प्रमुख वायुसेवा कम्पनीहरूले यात्रुहरूसँग माफी माग्दै प्रभावित उडानको टिकट रकम फिर्ता गर्ने बताएका छन्। वायुसेवा सञ्चालक संघले पनि आफ्ना सदस्य कम्पनीहरूलाई प्रभावित यात्रुको पैसा फिर्ता गर्न निर्देशन दिएको छ। यात्रुले टिकटको रकम फिर्ता लिन सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न सक्नेछन्।


