सागर डिष्टिलरीको आईपीओ रोकियो

सागर डिष्टिलरीको आईपीओ रोकियो तरुण खबर २५ भाद्र २०८२, बुधबार १२:१३
सागर डिष्टिलरीको आईपीओ रोकियो

काठमाडाैं, २५ भदाै । सागर डिष्टिलरीले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गर्न लागेको आईपीओ स्थगित भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज (बुधबार) एक सूचना जारी गर्दै यो जानकारी दिएको हो।

देशमा देखिएको असहज परिस्थितिलाई ध्यानमा राखेर आईपीओ निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको क्यापिटलले जनाएको छ।

कम्पनीले ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको थियो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको उक्त आईपीओ हाललाई स्थगित भएपछि लगानीकर्ताहरूले थप जानकारीका लागि पर्खनुपर्ने भएको छ।