तरुण खबर
२ फाल्गुन २०७७, आईतवार ११:४४
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले महअभियोबाट मुक्ति पाएका छन् । अमेरिकी सीनेटले ६ जनवरीमा भएको क्यापिटल हिलको हिम्सा भड्काएको आरोप डोनाल्ड ट्रम्पमाथि महाअभियो लगाएको थियो । तर पूर्व राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा ५७ मत मात्रै प¥यो । अमेरिकी रिनेटका एक सय मतमध्ये दुई तिहाइका लागि ६७ मत आबश्यक पर्छ, जुन प्राप्त हुन सकेन । डोनाल्ड ट्रम्प अमेरिकाको इतिहासमा पहिलो राष्ट्रपति हुन्, जो दोस्रो पटक महाअभियोग लगाइएको थियो । २०१९ दिसम्बर १८ मा पनि डोनाल्ड ट्रम्प विरुद्ध महाअभियोग लगाइएकोमा २०२० मा उनले सफाई पाएका थिए । बिल कैसिडी, रिचर्ड बर्र, मिट रोमनी र सुसान कोलिन्स सहित सात रिपब्लिकन सीनेट सदश्यले ट्रम्प विरुद्ध मतदान गरेका थिए । क्याफि हिलो हिम्सामा एक प्रहरी सहित पाँच व्यक्तिको मृत्यु भएको थियो ।


