तरुण खबर
२९ भाद्र २०८२, आईतवार १०:४५
काठमाडाैं, २९ भदाै । चीनले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीलाई बधाई दिएको छ। सेप्टेम्बर १२ मा शपथ लिएकी कार्कीलाई चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले बधाई दिँदै नेपालसँगको सम्बन्ध थप सुदृढ गर्न तयार रहेको बताएका छन् ।
चिनियाँ प्रवक्ताले चीन र नेपालबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै नेपालका जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गलाई चीनले सधैँ सम्मान गर्ने बताए । उनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित भएर विभिन्न क्षेत्रमा सहकार्य बढाउँदै द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन नेपालसँग काम गर्न तयार रहेको पनि जनाए ।


