तरुण खबर
२९ भाद्र २०८२, आईतवार १०:४९
काठमाडाैं, २९ भदाै । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक तथा संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टी छोडेको घोषणा गर्दै ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक नयाँ दलको घोषणा गरेका हुन् ।
पछिल्लो समय श्रीमती तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग राजनीतिक विषयमा विवाद बढिरहेका बेला चौधरीले यो निर्णय लिएका हुन् । यस निर्णयसँगै अब नेपालको राजनीतिमा दुईवटा नागरिक उन्मुक्ति पार्टी अस्तित्वमा आएका छन्।


