काठमाडौंमा आजदेखि विद्यालय खुले, विद्यार्थीलाई अभिभावकसँगै पठाउन आग्रह

काठमाडौंमा आजदेखि विद्यालय खुले, विद्यार्थीलाई अभिभावकसँगै पठाउन आग्रह तरुण खबर २९ भाद्र २०८२, आईतवार १०:५८
काठमाडौंमा आजदेखि विद्यालय खुले, विद्यार्थीलाई अभिभावकसँगै पठाउन आग्रह

काठमाडाैं, २९ भदाै । जेन जी आन्दोलनका कारण बन्द भएका काठमाडौं महानगरपालिकाका विद्यालयहरू आज (आइतबार) देखि खुलेका छन् । महानगरपालिकाले एक सूचना जारी गर्दै विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेसँगै विद्यालयहरू सञ्चालनमा आएका हुन् ।

महानगरको शिक्षा विभागले सबै विद्यालयलाई कक्षा सञ्चालन गर्न, जेन जी आन्दोलनका क्रममा विद्यालयमा कुनै क्षति भए नभएको यकिन गर्न र अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न पनि निर्देशन दिएको छ।

साथै, अवस्था पूर्ण सामान्य नभएसम्म बालबालिकालाई अभिभावकसँगै विद्यालय पठाउन आग्रह गरिएको छ। सोमबार (भदौ ३० गते) देखि भने मनोसामाजिक परामर्शसहित भौतिक रूपमा कक्षा सञ्चालन गर्न र अभिभावकसँग आउन/जान नसक्ने विद्यार्थीका लागि श्रव्यदृश्य माध्यमबाट कक्षा सञ्चालन गर्न पनि आग्रह गरिएको छ ।