तरुण खबर
२९ भाद्र २०८२, आईतवार १४:५५
काठमाडाैं, २९ भदाै । नेपालीहरूको महान चाड दसैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आइतबारदेखि सर्वसाधारणका लागि नयाँ तथा सुकिला नोट वितरण सुरु गरेको छ। राष्ट्र बैंकले तोकेका बैंक तथा वित्तीय संस्थाहरूबाट ग्राहकहरूले नोट सटही गर्न सक्नेछन्।
बैंकले भदौ २९ देखि असोज १० गतेसम्म नोट सटहीको व्यवस्था गरेको छ। यस अवधिमा सर्वसाधारणले राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय र अन्य वाणिज्य बैंकका शाखाहरूबाट नयाँ नोट साट्न पाउनेछन्। दसैंका बेला दक्षिणा र पूजाआजामा नयाँ नोटको प्रयोग गर्ने चलन रहेकाले राष्ट्र बैंकले हरेक वर्ष यो सुविधा दिँदै आएको छ।


