मन्त्री खनालले लिएनन् कुनै सुविधा

मन्त्री खनालले लिएनन् कुनै सुविधा तरुण खबर ३० भाद्र २०८२, सोमबार १०:३१
मन्त्री खनालले लिएनन् कुनै सुविधा

काठमाडाैं, ३० भदाै । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले आफ्नो कार्यकालभर कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका छन्। उनले तलब, मन्त्री आवास, सरकारी गाडी र सुरक्षा लगायतका सबै सुविधाहरू अस्वीकार गर्ने प्रतिबद्धता जनाएका हुन्।

खनालको यो निर्णयलाई उनको इमानदार र समर्पित स्वभावको निरन्तरताका रूपमा हेरिएको छ। उनको यो कदमले अर्थ मन्त्रालयको कामलाई अझ पारदर्शी, सरल र जनतामुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

खनालको यो घोषणाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश दिएको छ। यसलाई नेपाली राजनीतिमा नीतिगत सुधार र स्वच्छ प्रशासनको अभ्यासलाई बलियो बनाउने एउटा महत्त्वपूर्ण कदम मानिएको छ।