झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन तरुण खबर ३० भाद्र २०८२, सोमबार १०:३७
झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, ३० भदाै । झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (सोमबार) अन्तिम दिन रहेको छ। कम्पनीले गत भदौ २० गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो।

सुरुमा भदौ २४ गते निष्कासन बन्द गर्ने भनिए पनि सो दिनको विशेष परिस्थितिका कारण म्याद एक दिन थप गरिएको थियो।

यस चरणमा कम्पनीले कुल ४ लाख ७३ हजार ३३६ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। यसबाहेक, सामूहिक लगानी कोषलाई २८ हजार ५१४ कित्ता र कर्मचारीहरूका लागि ११ हजार ४०६ कित्ता शेयर छुट्याइएको छ।

प्रतिशेयर १०० रुपैयाँका दरले लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेको छ।