तरुण खबर
३० भाद्र २०८२, सोमबार १०:४१
काठमाडाैं, ३० भदाै । गत साता भएको आन्दोलनका क्रममा वीरगञ्जको घण्टाघरस्थित नेपाल टेलिकमको कार्यालयमा तोडफोड र आगजनीबाट करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ। टेलिकम कार्यालयका प्रमुख पंकज साहका अनुसार भदौ २४ गतेको प्रदर्शनका क्रममा अराजक भीडले कम्प्युटर, प्रिन्टर र अन्य महत्त्वपूर्ण उपकरणहरूमा क्षति पुर्याएको हो।
प्रदर्शनकारीहरूले टेलिकमको दुवै कार्यालयमा आगजनी गर्दा विशेषगरी महसुल काउन्टरमा बढी क्षति भएको प्रमुख साहले जानकारी दिए।
यस घटनापछि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरकारी कार्यालयमा भएको क्षतिको मुचुल्का पारदर्शी र यथार्थपरक ढंगले तयार पार्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले मुचुल्का तयार पार्दा श्रव्यदृश्य र अन्य व्यवस्थित तरिका अपनाउन आग्रह गरेका छन्। यस आन्दोलनमा वीरगञ्ज महानगरपालिका र आन्तरिक राजस्व कार्यालय लगायतका अन्य सरकारी कार्यालयहरूमा पनि ठूलो क्षति पुगेको बताइएको छ।


