तरुण खबर
३१ भाद्र २०८२, मंगलवार १०:५५
काठमाडाैं, ३१ भदाै । हालै काठमाडौंमा भएको जेनजी आन्दोलनका कारण भएको तोडफोड र आगजनीपछि उत्पन्न असहज परिस्थितिलाई सामान्य बनाउन शिवम् सिमेन्टले सरसफाइ अभियान सुरु गरेको छ। कम्पनीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँगको सहकार्यमा सरसफाइ गर्नुका साथै कार्यालय सञ्चालनलाई सहज बनाउन आवश्यक फर्निचर पनि सहयोग गरेको छ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा हालको विषम परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै आगामी दिनमा पनि यस्ता सरसफाइ कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ। शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाज र सहरलाई सफा र व्यवस्थित बनाउन योगदान दिन प्रतिबद्ध रहेको बताएको छ।
कम्पनीले, “वर्तमान परिस्थितिमा समुदाय र सहरको पुनर्निर्माणका लागि सहयोग र श्रमदान गर्नु हाम्रो कर्तव्य हो। हामी आफ्नो सामाजिक जिम्मेवारी अनुसार काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर लागिरहनेछौँ,” भनेको छ।


