नेपाली बजारमा सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलाको २ लाख १७ हजार नाघ्यो

नेपाली बजारमा सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलाको २ लाख १७ हजार नाघ्यो तरुण खबर ३१ भाद्र २०८२, मंगलवार ११:२५
नेपाली बजारमा सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलाको २ लाख १७ हजार नाघ्यो

काठमाडाैं, ३१ भदाै । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको भाउ प्रतितोला १,९०० रुपैयाँले बढेर २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। यसअघि सोमबार सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर २ हजार ५९५ रुपैयाँमा पुगेको छ। हिजो सोमबार चाँदी २ हजार ५७५ रुपैयाँमा कारोबार भएको थियो।