यस वर्ष दशैंका लागि अग्रिम बुकिङ नखुल्ने

यस वर्ष दशैंका लागि अग्रिम बुकिङ नखुल्ने तरुण संवाददाता ३१ भाद्र २०८२, मंगलवार १५:२२
यस वर्ष दशैंका लागि अग्रिम बुकिङ नखुल्ने

काठमाडौं । सरकारले दशैंको लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखुलाउने भएको छ ।

मंगलबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच भएको छलफलमा विषम परिस्थितिका कारण अग्रिम टिकट बुकिङ नखुलाउने सहमति भएको हो ।

यायायात व्यवसायीका अनुसार जेनजी आन्दोलनपछि धमाधम यात्रुहरुले टिकट काटेर जान लागेकाले पनि अग्रिम टिकट नखुलाउने निर्णय भएको हो ।

व्यवसायीहरूले स्कुल कलेज बन्द हुन लागेकाले अग्रिम बुकिङ खुलाउनुको अर्थ नभएको दाबी गरेका थिए । व्यवसायीहरूको सो धारणासँग सरकारी पक्ष पनि सहमत भएपछि अग्रिम बुकिङ यस वर्ष नखुल्ने भएको हो ।