घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो तरुण खबर १ आश्विन २०८२, बुधबार ११:५६
घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

काठमाडाैं, १ असाेज । नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्य बुधबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १,००० रुपैयाँले घटेर १ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार छापावाल सुनको मूल्य प्रति तोेला २ लाख १५ हजार १०० रुपैयाँ रहेको थियो।

यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा २ हजार ५ सय ९५ रुपैयाँ रहेको चाँदी आज ४५ रुपैयाँले घटेर प्रति तोला २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।