तरुण खबर
१ आश्विन २०८२, बुधबार १२:३३
काठमाडाैं, १ असाेज । सरकारले करदातालाई राहत दिँदै कर विवरण बुझाउने र राजस्व तिर्ने म्याद थप गरेको छ। अब भदौ २५ गतेसम्म बुझाउनुपर्ने कर असोज २५ गतेसम्म बुझाउन सकिनेछ, जसमा कुनै जरिवाना वा अतिरिक्त शुल्क लाग्ने छैन।
अर्थ मन्त्रालयले साउन महिनाको मूल्य अभिवृद्धि कर, अग्रिम कर कट्टी, शिक्षा सेवा शुल्क र विलासिता शुल्क सम्बन्धी विवरण तथा तिर्नुपर्ने रकम बुझाउने म्याद एक महिनाले बढाएको हो।
किन थपियो म्याद?
भदौ २३ र २४ गते देशभर लगाइएको कर्फ्यू र निषेधाज्ञाका कारण सरकारी कार्यालयहरू बन्द भएका थिए। यसले गर्दा धेरै करदाताले समयमा कर विवरण पेश गर्न र राजस्व बुझाउन सकेका थिएनन्। यही समस्यालाई सम्बोधन गर्दै सरकारले यो निर्णय लिएको हो।
मन्त्रालयका अनुसार, करदाताले असोज २५ गतेभित्र कर बुझाएमा उनीहरूलाई कुनै पनि प्रकारको अतिरिक्त शुल्क वा दस्तुर लाग्ने छैन।


