विश्वभरका कुल संक्रमित १८ करोड ७ लाख ५० हजारभन्दा बढी

विश्वभरका कुल संक्रमित १८ करोड ७ लाख ५० हजारभन्दा बढी तरुण खबर ११ असार २०७८, शुक्रबार १०:१८
विश्वभरका कुल संक्रमित १८ करोड ७ लाख ५० हजारभन्दा बढी

२४, जुनमा ८ लाख २१ हजार बढीको परीक्षण, १३ हजार ३६५ जना संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२४, जुन) मा ८ लाख २१ हजार ५१७ जनाको नमुना परीक्षण गर्दा १३ हजार ३६५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २३, जुनमा ५ लाख ६७ हजार ७५४ जनाको नमुना परीक्षण गर्दा १४ हजार ८२६ जना कोरोनाभाइरस संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२४, जुन) मा कोरोनाभाइरसको संक्रमणबाट ३२९ जनाको मृत्यु भएको छ । २३, जुनमा कोरोनाभाइरसको संक्रमणबाट ३४६ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा असार ११ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४४ लाख ६४ हजार ९५६ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये शुक्रबार बिहान ७.३० बजेसम्ममा २ करोड ८८ लाख ७१ हजार ९१४ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असार ११ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४९ लाख ७४ हजार ३५७ जना छन् ।

नेपाली समय अनुसार असार ११ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ५० करोड २१ लाख ८० हजार १२३ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १७ करोड ७ लाख ३० हजार ८४२ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १७ करोड ७ लाख ३० हजार ८४२ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट असार ११ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख १८ हजार ६८५ जनाको मृत्यु भैसकेको छ ।

असार ११ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १८ करोड ७ लाख ५० हजार ५५ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ लाख १५ हजार ५५१ जना छन् ।