तरुण खबर
३ आश्विन २०८२, शुक्रबार ०९:३२
काठमाडाैं, ३ असाेज । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले भदौ २३ गते दिएको उक्त आदेश असोज २६ गतेसम्मका लागि लागू हुनेछ।
यसै आदेशका आधारमा ओझाले गत मंगलबार आदेशको प्रमाणित प्रतिलिपि लिएर प्राधिकरणमा हाजिर भएका थिए। तर, मन्त्रालयले अन्तरिम आदेशको प्रतिलिपि प्राप्त नहुँदासम्म हाजिर नगर्न भनेको खबरहरू सार्वजनिक भएका छन्।



