बढ्यो सुन र चाँदीको भाउ

बढ्यो सुन र चाँदीको भाउ तरुण खबर ३ आश्विन २०८२, शुक्रबार १०:५४
बढ्यो सुन र चाँदीको भाउ

काठमाडाैं, ३ भदाै । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार २ लाख १६ हजार रुपैयाँ पुगेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलाको २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ६० रुपैयाँले बढेर २ हजार ५८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।