सिटिजन्स क्यापिटलको १९औँ वार्षिक साधारणसभा सम्पन्न, १६% नगद लाभांश पारित

सिटिजन्स क्यापिटलको १९औँ वार्षिक साधारणसभा सम्पन्न, १६% नगद लाभांश पारित तरुण खबर ३ आश्विन २०८२, शुक्रबार ११:१३
सिटिजन्स क्यापिटलको १९औँ वार्षिक साधारणसभा सम्पन्न, १६% नगद लाभांश पारित

काठमाडाैं, ३ भदाै । सिटिजन्स क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा आज, आश्विन २ गते २०८२ (सेप्टेम्बर १८, २०२५) मा कम्पनीको रजिष्ट्रड कार्यालय, बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको छ।

सभाले आ.व. २०८१/८२ को मुनाफाबाट १६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आषाढ २०८२ मसान्तसम्मको वासलात, नाफा-नोक्सानी, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरू पनि पारित भएका छन्।

सभाले आ.व. २०८२/८३ का लागि लेखापरीक्षण कार्यका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गरेको छ।

सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंकको सहायक कम्पनी, नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, पोर्टफोलियो व्यवस्थापन, संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता, शेयर रजिष्ट्रार र डी–म्याट खाता संचालन गर्न अनुमति प्राप्त कम्पनी हो। यसमा कर्मचारी संचय कोष र प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ।

कम्पनीले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) सेवा देशभरीका सिटिजन्स बैंक शाखाबाट प्रदान गर्दै लगानीकर्तालाई विज्ञ र अनुभवी व्यवस्थापन समूहमार्फत सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

कम्पनीको अध्यक्षमा राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ रहेका छन्। कम्पनी सचिव रमेश लुईटेलले सभाको निर्णयको जानकारी सार्वजनिक गरेका छन्।