सानिमा बैंकले घोषणा गर्‍यो आकर्षक नगद लाभांश

सानिमा बैंकले घोषणा गर्‍यो आकर्षक नगद लाभांश तरुण खबर ५ आश्विन २०८२, आईतवार ११:०३
सानिमा बैंकले घोषणा गर्‍यो आकर्षक नगद लाभांश

काठमाडाैं, ५ असाेज । सानिमा बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि नगद लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षको नाफाबाट बैंकले ७.३६८५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

असोज ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यो महत्त्वपूर्ण निर्णय गरेको हो। बैंकले आफ्ना सेयरधनीहरूलाई १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश (करसहित) वितरण गर्नेछ। यो लाभांश बैंकको हालको चुक्ता पूँजीको ७.३६८५ प्रतिशत हुन आउँछ।

यो लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै कार्यान्वयनमा आउनेछ। यस निर्णयले बैंकका सेयरधनीहरूलाई ठूलो राहत मिलेको छ।