सुनको मूल्यमा भारी वृद्धि, चाँदीले बनायो नयाँ रेकर्ड

सुनको मूल्यमा भारी वृद्धि, चाँदीले बनायो नयाँ रेकर्ड तरुण खबर ५ आश्विन २०८२, आईतवार ११:३५
सुनको मूल्यमा भारी वृद्धि, चाँदीले बनायो नयाँ रेकर्ड

काठमाडाैं, ५ असाेज । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको भाउमा उछाल आएको छ। गत शुक्रबार ८०० रुपैयाँले बढेको सुनको मूल्य आज थप १ हजार १०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ। गत शुक्रबार छापावाल सुन २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान कायम गरेको छ। आज एकैदिन तोलामा ४० रुपैयाँले वृद्धि भएर चाँदीको मूल्य प्रति तोला २ हजार ६२० रुपैयाँ पुगेको छ। यसअघि भदौ ३१ गते चाँदीको भाउ २ हजार ५९५ रुपैयाँ पुगेको थियो।