तरुण खबर
६ आश्विन २०८२, सोमबार १३:०२
काठमाडाैं, ६ असाेज । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको जनकपुर शाखाले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सव मनाएको छ। एक विशेष कार्यक्रम आयोजना गरी मनाइएको वार्षिकोत्सवमा प्रमुख ग्राहक तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।
शाखा प्रमुखले यस अवसरमा शाखाको तीन वर्षको प्रगति विवरण प्रस्तुत गर्दै आफ्ना ग्राहकहरूको निरन्तर साथ र विश्वासका कारण नै शाखाले प्रगति हासिल गरेको बताए। उनले आगामी दिनमा अझै प्रभावकारी र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा सहभागी सबैलाई आभार व्यक्त गर्दै, समृद्धि फाइनान्सले आगामी दिनहरूमा पनि अझ राम्रो सेवा र सहकार्यको अपेक्षा राखेको जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल १३ वटा शाखाबाट सेवा दिँदै आएको छ। यसले आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ जस्ता बैंकिङ सेवाहरूका साथै मोबाइल बैंकिङ, डेबिट कार्ड र क्यूआर कोड जस्ता डिजिटल सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ।


