क्यानद्वारा राष्ट्रिय क्रिकेट टोलीको नयाँ टी-२० जर्सी सार्वजनिक, वेस्ट इन्डिजविरुद्ध लगाइने

क्यानद्वारा राष्ट्रिय क्रिकेट टोलीको नयाँ टी-२० जर्सी सार्वजनिक, वेस्ट इन्डिजविरुद्ध लगाइने तरुण खबर ७ आश्विन २०८२, मंगलवार ११:४३
क्यानद्वारा राष्ट्रिय क्रिकेट टोलीको नयाँ टी-२० जर्सी सार्वजनिक, वेस्ट इन्डिजविरुद्ध लगाइने

काठमाडाैं, ७ असाेज । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका लागि नयाँ टी-२० जर्सी सार्वजनिक गरेको छ। क्यानको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको यो नयाँ जर्सी वेस्ट इन्डिजविरुद्धको आगामी टी-२० आई शृंखलामा टोलीले लगाउनेछ।

नयाँ जर्सीको डिजाइनमा गाढा निलो र रातो रङलाई प्रमुखता दिइएको छ। अघिल्लो जर्सीको डिजाइनमा रहेको पहेंलो अक्षरको सट्टा यसपालि सेतो अक्षरमा ‘Nepal’ लेखिएको छ।

जर्सीको बायाँ काँधमा नेपालको राष्ट्रिय झन्डामा रहेको चन्द्रमा र दायाँ काँधमा सूर्यको प्रतीक राखिएको छ। साथै, जर्सीको तल्लो भागमा सगरमाथाको प्रतीकात्मक चित्र पनि अंकित गरिएको छ।

यस जर्सीको आधिकारिक प्रायोजक नासा सेक्युरिटिज रहेको छ, जसको लोगो जर्सीको बीच भागमा राखिएको छ। जर्सी सार्वजनिक गर्दै क्यानले “Wear your passion, wear your pride” (आफ्नो जोश र गर्व लगाउनुहोस्) भन्ने सन्देश दिएको छ।

क्यानका अनुसार यो नयाँ जर्सीलाई एकता, शक्ति र सपनाको प्रतीकका रूपमा डिजाइन गरिएको हो।