झापा इनर्जीको आईपीओ बाँडफाँटः ४७ हजार बढी आवेदकलाई शेयर

झापा इनर्जीको आईपीओ बाँडफाँटः ४७ हजार बढी आवेदकलाई शेयर तरुण खबर ८ आश्विन २०८२, बुधबार ११:५०
झापा इनर्जीको आईपीओ बाँडफाँटः ४७ हजार बढी आवेदकलाई शेयर

काठमाडाैं, ८ असाेज । झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट आज बिहान सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्काशन गरेको थियो । यस आईपीओमा कुल १८ लाख ६८ हजार १४१ जना आवेदकले २ करोड ३ लाख ५१ हजार ६७० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

कुल आवेदनमध्ये १८ लाख ३३ हजार ७३८ वटा आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन् ।

४७ हजार ३३३ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । बाँडफाँटपछि बाँकी रहेको ६ कित्ता शेयर गोलाप्रथाद्वारा छ जना आवेदकलाई एक-एक कित्ताका दरले थप गरिएको छ । यसरी, ६ जना भाग्यशाली आवेदकले ११ कित्ताका दरले शेयर हात पारेका छन् ।