नेरूडे मिर्मिरे लघुवित्तको अध्यक्षमा राजकुमार राई

नेरूडे मिर्मिरे लघुवित्तको अध्यक्षमा राजकुमार राई तरुण खबर ८ आश्विन २०८२, बुधबार ११:५५
नेरूडे मिर्मिरे लघुवित्तको अध्यक्षमा राजकुमार राई

काठमाडाैं, ८ असाेज । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजकुमार राई नियुक्त भएका छन् । बनेपा नगरपालिका वडा नं. ८ मा केन्द्रीय कार्यालय रहेको यस संस्थाको मर्जरपश्चातको स्थायित्व र थप वित्तीय सेवा विस्तारका लागि राईको नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

नव-नियुक्त अध्यक्ष राईले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

संस्थाले राईको अनुभव र नेतृत्वले ग्रामीण समुदायमा वित्तीय पहुँच वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा राखेको छ । उनको नेतृत्वमा संस्था अझ सुदृढ र प्रभावकारी ढङ्गले अघि बढ्ने बताइएको छ ।