गरिमा विकास बैंकको नयाँ सेवा: ‘गरिमा डिजि बटुवा’

गरिमा विकास बैंकको नयाँ सेवा: ‘गरिमा डिजि बटुवा’ तरुण खबर ९ आश्विन २०८२, बिहीबार ११:५६
गरिमा विकास बैंकको नयाँ सेवा: ‘गरिमा डिजि बटुवा’

काठमाडाैं, ९ असार । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि ‘गरिमा डिजि बटुवा’ नामक भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। फोनपे नेटवर्कसँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एपमार्फत उपलब्ध हुनेछ।

यो सेवा प्रयोग गर्न चाहने ग्राहकले बैंकको कुनै पनि शाखामा गएर फारम भर्नुपर्नेछ। त्यसपछि, मोबाइल एपमै भर्चुअल क्रेडिट कार्ड उपलब्ध हुनेछ।

यस सेवाका मुख्य विशेषताहरू:

  • क्रेडिट सीमा: न्यूनतम रु. १०,००० देखि अधिकतम रु. १,००,००० सम्म।
  • ब्याजमुक्त अवधि: ग्राहकहरूले ४५ दिनसम्म बिना कुनै ब्याज क्रेडिट रकम प्रयोग गर्न सक्नेछन्।
  • भुक्तानी विकल्प: ग्राहकले आफ्नो सुविधाअनुसार हिसाब राफसाफ गर्दा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प रोज्न सक्नेछन्।
  • प्रयोग: यो कार्डमार्फत फोनपेको कुनै पनि क्यूआर कोडमा सजिलै भुक्तानी गर्न सकिन्छ।

बैंकका अनुसार, भौतिक कार्डको आवश्यकता नपर्ने भएकाले यो सेवा सुरक्षित र सुविधाजनक छ। हाल गरिमा विकास बैंकका देशभर १२५ शाखा, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएम सञ्चालनमा छन्।