तरुण खबर
९ आश्विन २०८२, बिहीबार १२:०३
काठमाडाैं, ९ असार । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेर २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो (बुधबार) सुन प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर २ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ थियो।


