पृथ्वी राजमार्गमा फेरि पहिरो, हजारौं यात्रु अलपत्र

पृथ्वी राजमार्गमा फेरि पहिरो, हजारौं यात्रु अलपत्र तरुण खबर ९ आश्विन २०८२, बिहीबार १२:१५
पृथ्वी राजमार्गमा फेरि पहिरो, हजारौं यात्रु अलपत्र

काठमाडाैं, ९ असार । धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोला र तिङराङखानीमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान १० बजेदेखि पहिरो खस्न सुरु भएको हो।

दशैंको लागि घर फर्कने यात्रुहरूको ठूलो चाप भएको बेला राजमार्ग अवरुद्ध हुँदा हजारौं सवारी साधन र यात्रुहरू अलपत्र परेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएका छन्। यता जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले यात्रुहरूको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन्।

सोमबार राति पनि जवाङखोलामा सुख्खा पहिरो गएर १७ घण्टासम्म राजमार्ग अवरुद्ध भएको थियो। बुधबार साँझ गएको पहिरो हटाई आज बिहान मात्रै राजमार्ग सञ्चालनमा आएको थियो। प्रहरीले यात्रुहरूलाई सतर्क रहन र सम्भव भए वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।