ट्रम्प विरुद्धको महाअभियो फेरी पनि पारित नहुने संकेत

ट्रम्प विरुद्धको महाअभियो फेरी पनि पारित नहुने संकेत तरुण खबर १ फाल्गुन २०७७, शनिबार १२:०८
ट्रम्प विरुद्धको महाअभियो फेरी पनि पारित नहुने संकेत

डेमोक्रयाटिक र रिपब्लिकन पार्टीको सिनेटमा ५०–५० सिट

काठमाडौं । अमेरिकी संसद भवनमा जनवरी ६ मा भएको हिंसात्मक आक्रमणका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थकहरुलाई उक्साएको भनी लागेको आरोपमा महाअभियोगमाथि बहस चलिरहेको छ । उनका वकिलहरुले घटनामा ट्रम्पको कुनै संलग्नता नै नरहेको भन्दै बचाउ गरिरहेका छन् । उनका वकिलहरुले भने– संसद भवनमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँचजनाको ज्यान जाने गरि भएको आक्रमणमा ट्रम्पको संलग्नता छ भन्नु गम्भीर झुठ बाहेक केही नरहेको उनका वकिलहरुले बताएका थिए । वकिल डेर वीनले पूर्व राष्ट्रपतिविरुद्ध भइरहेको महाअभियोगको सुनुवाई राजनीतिक रुपमा प्रेरित भएर डेमोक्र्याटहरुले गरेको ‘विच हण्ट’ मात्रै रहेको दाबी गरेको सञ्चार माध्यमहरुले बताएका छन् । सिनेटमा रहेका अधिकांश रिपब्लिकन सदस्यहरुले ट्रम्पलाई दोषी ठहर नगर्ने संकेत गरेका छन् । ट्रम्पको डिफेन्स टिमले सिनेटमा सुनुवाईको क्रममा पाएको १६ घण्टाको समयमध्ये चार घण्टा भन्दा कम मात्रै प्रयोग गरेका थिए । उनीहरु महाअभियोगको सुनुवाई प्रक्रिया चाँडो पूरा गर्ने पक्षमा देखिएका छन् । एक सय सिटको सिनेटमा प्रस्ताव पारित हुन दुई तिहाई अर्थात ६७ सिनेटरको साथ चाहिन्छ । अहिले डेमोक्रयाटिक र रिपब्लिकन पार्टीको समान ५०–५० सिट छ ।

हिंसात्मक बिद्रोहका लागि उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रोपटक महाभियोग लागेको हो । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले जनवरी १३ मा ट्रम्पमाथिको महाअभियोग प्रस्ताव पारित गरेको थियो । यसअघि ट्रम्पमाथि सन् २०१९ को अन्त्यमा शक्तिको दुरुपयोगसहितका आरोपमा महअभियोग लागेको थियो । तर माथिल्लो सदन सिनेटबाट सो प्रस्ताव पारित हुन सकेको थिएन । ट्रम्प अमेरिकी इतिहासमा दुईपटक महाभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् । वकिलहरुको डिफेन्स बहसअघि हाउस इमपिचमेन्ट म्यानेजरर्सले प्रमाणसहित दुई दिनसम्म आफ्नो केस प्रस्तुत गरेका थिए । गएको नोभेम्बर ३ मा भएको चुनावमा पराजित भएका ट्रम्पले नतिजा स्वीकार गर्न नमानी बिना प्रमाण धाँधली भएको आरोप लगाएका थिए । उनले आफ्ना सर्मथकलाई नतिजा उल्ट्याउनका लागि अन्तिम प्रयास गर्न भनेका थिए । जनवरी ६ मा जो बाइडेनको जितलाई औपचारिकता प्रदान गर्न संसदको संयुक्त शत्र जारी रहेका बेला ट्रम्पको उक्साहटमा उनका समर्थकहरुले आक्रमण गरेका थिए । सो आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गयो ।