तरुण खबर
१० आश्विन २०८२, शुक्रबार ११:३४
काठमाडाैं, १० असाेज । नाडा (NADA) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हासँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रसँग जोडिएका महत्त्वपूर्ण समस्या र समाधानका विषयमा विस्तृत छलफल गरेको छ।
भेटमा जेन–जेड आन्दोलनका कारण शोरुम तथा संरचनामा भएको आगजनी र तोडफोडले उद्योगमा परेको परोक्ष असर र ग्राहक विश्वासमा आएको कमीबारे अध्यक्ष चौधरीले मन्त्री सिन्हाको ध्यानाकर्षण गराए। उनले उद्योगको संरक्षणका लागि नीतिगत र संस्थागत सहयोगको आवश्यकता औँल्याए।
प्रमुख माग र समस्याहरू:
१. गुणस्तर परीक्षण प्रयोगशालाको तत्काल स्थापना:
२. लुब्रिकेन्ट उद्योग संरक्षण र अनधिकृत आयात नियन्त्रण:
३. नीतिगत व्यवस्थामा ढिलाइ र अन्य चुनौतीहरू:
मन्त्रीको सकारात्मक प्रतिक्रिया:
छलफलका क्रममा मन्त्री अनिलकुमार सिन्हाले सरकार र व्यवसायीको सहकार्यबिना देश अघि बढ्न नसक्नेमा जोड दिँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए। उनले नाडाले प्रस्तुत गरेका माग र सुझावलाई सकारात्मक रूपमा लिएर चाँडै कार्यान्वयनमा जाने प्रतिबद्धता व्यक्त गरे। मन्त्रालयका सचिव कृष्णप्रसाद राउतले छिट्टै गुणस्तर परीक्षण ल्याब स्थापना गर्ने तयारी भइरहेको जानकारी दिँदै व्यवसायीलाई पनि ल्याब स्थापना गर्न प्रोत्साहित गरिने बताए।
मन्त्री सिन्हाले आगामी ६ महिनापछि मन्त्रालयले गरेका कामहरूको व्यवसायीहरूले मूल्याङ्कन गर्नुपर्ने सुझाव पनि दिएका छन्।


