सुनचाँदीको मूल्यमा फेरि उछाल: चाँदी अहिलेसम्मकै उच्च बिन्दुमा

सुनचाँदीको मूल्यमा फेरि उछाल: चाँदी अहिलेसम्मकै उच्च बिन्दुमा तरुण खबर १० आश्विन २०८२, शुक्रबार ११:४५
सुनचाँदीको मूल्यमा फेरि उछाल: चाँदी अहिलेसम्मकै उच्च बिन्दुमा

काठमाडाैं, १० असाेज । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य पुनः बढेको छ। यस साता लगातार बढिरहेको सुनको मूल्य बिहीबार सामान्य घटे पनि शुक्रबार तोलामा १२०० रूपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला २ लाख २२ हजार ५०० रूपैयाँ निर्धारण भएको छ। अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख २१ हजार ३०० रूपैयाँ रहेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि ५५ रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज चाँदीको मूल्य प्रति तोला २ हजार ७४० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला २ हजार ६८५ रूपैयाँमा कारोबार भएको थियो।