भारतमा तेस्रो लहरमा डेल्टा प्लस भेरियन्ट फैलिन सक्ने विज्ञहरुको दावी

भारतमा तेस्रो लहरमा डेल्टा प्लस भेरियन्ट फैलिन सक्ने विज्ञहरुको दावी तरुण खबर १४ असार २०७८, सोमबार ११:२६
भारतमा तेस्रो लहरमा डेल्टा प्लस भेरियन्ट फैलिन सक्ने विज्ञहरुको दावी

काठमाडौं । भारतको केन्द्र सरकारले कोभिड–१९ वर्किङ ग्रुपका प्रमुख एनके अरोडाले हिजो आइतबार कोरोनाभाइरसको तेस्रो लहर आगामी डिसेमबरमा आउन सक्ने बताएका छन् । त्यसैले भारतले दैनिक १ करोड डोज खोप लगाउँनु पर्ने उनले बताएका छन् । कोरोनाको तेस्रो लहर आउँन ६ देखि ८ महीना बााकी रहेको बताउँदै डा. अरोडाले पीटीआइसँग भनेका थिए– डेल्टा प्लस भेरियन्टमा तेस्रो लहरमा देखापर्न सक्ने सम्भावना छ । भारतसहित ८५ देशमा डेल्टा भेरियन्ट देखा परेको छ ।

उदाहरणका लागि महाराष्ट्र राज्यमा हिजो आइतबार मात्र ९ हजार ९७४ कोरोना संक्रमित थपिएका छन् भने १४३ जनाको संक्रमणबाट निधन भएको छ । महाराष्ट्रमा कुल संक्रमितको संख्या ६० लाख ३६ हजार ८२१ जना छन् । महाराष्ट्रका कुल संक्रमितमध्ये १ लाख २१ हजार २८६ जनाको निधन भैसकेको छ ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२७, जुन) मा २४ लाख ५३ हजार २०९ जनाको नमुना परीक्षण गर्दा ४६ हजार ५९२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २६, जुनमा २२ लाख ४३ हजार ४४४ जनाको नमुना परीक्षण गर्दा ४९ हजार ८५१ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२७, जुन) मा कोरोना भाइरसको संक्रमणबाट ९७३ जनाको निधन भएको छ । २६, जुनमा कोरोनाभाइरसको संक्रमणबाट १ हजार २५६ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असार १४ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड २ लाख ७८ हजार ९१२ जना छन् । भारतमा २ करोड ९३ लाख २ हजार २२२ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ७९ हजार ९३७ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (आइतबार) मा ५८ हजार ८८७ जना कोरोना मुक्त भएका छन् । असार १४ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ९६ हजार ७५३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।