तरुण खबर
१२ आश्विन २०८२, आईतवार १२:००
काठमाडाैं, १२ असाेज । सिटी होटल लिमिटेडले बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। अब लगानीकर्ताहरूले असोज २६ गतेसम्म उक्त हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले भदौ २३ गतेदेखि निष्काशन खुल्ला गरेको यो हकप्रदमा लगानीकर्ताको सुविधाका लागि म्याद थप गरिएको हो।
सिटी होटलले १० कित्ता बराबर नयाँ ८ कित्ता (१०:८) को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ, जसको कुल मूल्य १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ रहेको छ।
यो हकप्रद शेयरमा आवेदन दिनका लागि कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। तसर्थ, साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र यो हकप्रदका लागि आवेदन दिन पाउनेछन्।


