सुन तोलामा रु. ७००, चाँदी रु. ७० महँगियो

सुन तोलामा रु. ७००, चाँदी रु. ७० महँगियो तरुण खबर १२ आश्विन २०८२, आईतवार १२:१३
सुन तोलामा रु. ७००, चाँदी रु. ७० महँगियो

काठमाडाैं, १२ असाेज । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। दशैंको मुखमा बहुमूल्य धातुको मूल्य बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा रु. ७०० ले बढेर रु. २ लाख २३ हजार २०० पुगेको छ।

यसअघि, शुक्रबार छापावाल सुन रु. २ लाख २२ हजार ५०० मा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार तोलामा रु. ७० ले वृद्धि भएको छ। चाँदीको नयाँ कारोबार मूल्य रु. २ हजार ८१० कायम भएको छ। शुक्रबार चाँदी रु. २ हजार ७४० प्रति तोलामा कारोबार भएको थियो।