विपद्मा प्रधानमन्त्रीको दुःख, धैर्यको सराहना

विपद्मा प्रधानमन्त्रीको दुःख, धैर्यको सराहना तरुण खबर २० आश्विन २०८२, सोमबार ०९:३३
विपद्मा प्रधानमन्त्रीको दुःख, धैर्यको सराहना

काठमाडाैं, २० असाेज । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार र शनिबारको भारी वर्षाका कारण इलाम जिल्ला र देशका अन्य क्षेत्रहरूमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले हिजो (आइतबार) साँझ आफ्नो सामाजिक सञ्जालमार्फत विपद्मा परी जीवन गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी हुन्।

उद्धार र राहत कार्यको प्रशंसा

उनीले संकटको यस घडीमा उद्धार र राहत कार्यमा खटिएका सबैप्रति आभार व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले विपद्को समयमा नेपाली जनताले देखाएको धैर्य र सहयोगको उच्च प्रशंसा गरेकी हुन्।

“संकटको समयमा नेपाली जनताले देखाएको धैर्य र सहयोग प्रशंसनीय छ। यसका लागि म सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु,” प्रधानमन्त्री कार्कीले आफ्नो सन्देशमा उल्लेख गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले विपद् प्रभावित क्षेत्रहरूमा राहत वितरण कार्य जारी रहेको पनि जानकारी दिएकी हुन्।