तरुण खबर
२१ आश्विन २०८२, मंगलवार १०:३९
काठमाडाैं, २१ असाेज । नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा लामो बिदापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मंगलबारबाट खुल्दैछ। दसैँअघिको अन्तिम कारोबार दिन आइतबार, असोज १२ गते, बजारमा देखिएको उत्साहपूर्ण वृद्धिका कारण लगानीकर्ताहरूमा मंगलबारको कारोबारलाई लिएर सकारात्मक अपेक्षा बढेको छ।
दसैँअघि आइतबार नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेको थियो। सामान्यतयाः चाँडपर्वको समयमा शेयर कारोबार सुस्त हुने गरे तापनि दसैँअघि बजारमा देखिएको यो दोहोरो अंकको वृद्धिले आज मंगलबार पनि बजारले सकारात्मक लय कायम राख्ने अनुमान गरिएको छ। लगानीकर्ताहरू यस वृद्धिलाई पर्वपछिको बजार प्रवेशमा देखिएको चासोको रूपमा हेरिरहेका छन्।


