एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन तरुण खबर २१ आश्विन २०८२, मंगलवार १०:५०
एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, २१ असाेज । एसवाई प्यानल नेपाल लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अन्तर्गत स्थानीय बासिन्दाका लागि छुट्याइएको शेयरमा आवेदन दिने आज असोज २१ गते अन्तिम दिन रहेको छ।

कम्पनीले असोज ७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन खुला गरेको थियो।

कम्पनीको विवरण:

  • कुल जारी पूँजी: रु. १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १००
  • निष्कासन अनुमति पाएको शेयर: जारी पूँजीको ४०% अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता (मूल्य रु. ५२ करोड ३२ लाख ५४ हजार ८००)
  • स्थानीयलाई छुट्याइएको शेयर: कुल निष्कासित शेयरको २% अर्थात् २ लाख ६१ हजार ६२९ कित्ता (मूल्य रु. २ करोड ६१ लाख ६२ हजार ७००)
  • प्रति कित्ता मूल्य: रु. १००

को-कोले दिन पाउँछन् आवेदन?

यो आईपीओमा चितवन जिल्ला अन्तर्गत रत्ननगर नगरपालिकाका सबै वडाका स्थानीय बासिन्दाले मात्र आवेदन दिन सक्नेछन्।

आवेदनको सीमा:

  • न्यूनतम: १० कित्ता
  • अधिकतम: ५० हजार कित्ता

इच्छुक स्थानीय बासिन्दाहरूले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। तोकिएको समयपछि प्राप्त आवेदनहरू स्वतः रद्द हुनेछन्।