तरुण खबर
२१ आश्विन २०८२, मंगलवार १२:०१
काठमाडाैं, २१ असाेज । सुनको मूल्यले मंगलबार पनि नयाँ कीर्तिमान कायम गरेको छ। एकै दिन तोलामा २ हजार ३०० रुपैयाँले बढेर सुनले नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला २ लाख ३५ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।
पछिल्लो दुई दिनको अवस्था:
यसैबीच, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी सोमबारकै मूल्य प्रति तोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। सुनको मूल्यमा भइरहेको यो निरन्तरको वृद्धिले लगानीकर्ता र उपभोक्ता दुवैलाई प्रभावित पारेको छ।


