तरुण खबर
२२ आश्विन २०८२, बुधबार १२:१६
काठमाडाैं, २२ असाेज । नेपालमा पर्यटकीय सिजन सुरु भइसक्दा पनि विदेशी पर्यटकको आगमन खुम्चिँदै गएको देखिएको छ। गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ (GenZ Movement) पश्चात नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा गिरावट आएको हो।
सेप्टेम्बरमा १८ प्रतिशतले घट्यो आगमन
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार, सन् २०२५ को सेप्टेम्बर महिनामा जम्मा ७८ हजार ७११ विदेशी पर्यटक मात्र नेपाल भित्रिएका छन्।
प्रमुख मुलुकबाट पर्यटकको सङ्ख्या
सेप्टेम्बर महिनामा नेपाल भित्रिएका प्रमुख मुलुकका पर्यटकहरूको सङ्ख्या निम्नानुसार रहेको छ:
| मुलुक | पर्यटक सङ्ख्या |
| भारत | १५ हजार ५५६ |
| अमेरिका | ९ हजार ६७९ |
| चीन | ५ हजार २३७ |
| श्रीलङ्का | ३ हजार १५ |
| बङ्गलादेश | २ हजार २३० |


