सुनको भाउले तोड्यो रेकर्ड, आज पनि २६ सयले बढ्यो

सुनको भाउले तोड्यो रेकर्ड, आज पनि २६ सयले बढ्यो तरुण खबर २२ आश्विन २०८२, बुधबार १२:२४
सुनको भाउले तोड्यो रेकर्ड, आज पनि २६ सयले बढ्यो

काठमाडाैं, २२ असाेज । बुधबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो उछाल आएको छ। हिजो (मंगलबार) एकैदिन २ हजार ३०० रुपैयाँले बढेको सुनको मूल्य आज पनि २ हजार ६०० रुपैयाँले बढेको हो।

नेपाली बजारमा सुन र चाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ निर्धारण गरिएको छ।

  • हिजो छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
  • यसैगरी, आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ९६० रुपैयाँ रहेको चाँदी आज २ हजार ९५५ रुपैयाँमा कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि नयाँ कीर्तिमान

विश्वभर सुनको मूल्य निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड बनाइरहेको छ।

  • अन्तर्राष्ट्रिय बजारमा इतिहासमै पहिलो पटक आज सुनको मूल्य प्रतिऔंस ४ हजार २५ डलर पुगेको छ।
  • यस वर्ष अहिलेसम्म सुनको मूल्य ५१ प्रतिशतले बढेको छ।

भू-राजनीतिक र आर्थिक अनिश्चितताका कारण लगानीकर्ताहरूले सुनमा लगानी बढाएका छन्। केन्द्रीय बैंकहरूद्वारा ठूलो परिमाणमा सुन खरिद, सुन-सम्बद्ध एक्सचेन्ज-ट्रेडेड फन्डको मागमा वृद्धि, कमजोर अमेरिकी डलर र खुद्रा लगानीकर्ताहरूको चासोमा वृद्धि जस्ता कारणले सुनको मूल्य बढ्न सहयोग पुगेको हो।