तरुण खबर
२२ आश्विन २०८२, बुधबार १२:३५
काठमाडाैं, २२ असाेज । अमेरिकामा गम्भीर अपराधमा दोषी ठहर भएका सात जना नेपालीलाई सन् २०२१ देखि २०२५ को जुलाईसम्मको अवधिमा निष्कासन (डिपोर्ट) गरिएको छ।
अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (ICE) को तथ्याङ्कअनुसार, बाल यौन अपराध, गम्भीर आक्रमण र चोरी जस्ता अपराधमा संलग्न नेपालीहरूलाई अमेरिकाले फिर्ता पठाएको हो।
गम्भीर अपराधका घटना
डिपोर्ट गरिएका नेपालीहरूले यौन दुराचार, बालयौन शोषण, बल प्रयोग गरी चोरी, हतियार प्रयोग गरेर आक्रमण र मादक पदार्थ सेवन गरी सवारी चलाएको (DUI) जस्ता कसुरहरूमा सजाय भोगेका थिए।
डिपोर्ट हुनेको संख्यामा तीब्र वृद्धि
यस वर्ष नेपालीहरू डिपोर्ट हुने दर तीव्र रूपमा बढेको छ।
TPS रद्द हुँदा ७ हजार जोखिममा
यसैबीच, अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (USCIS) ले नेपालीहरूको लागि अस्थायी संरक्षित स्थिति (Temporary Protected Status – TPS) को म्याद सन् २०२५ अगस्ट २० बाट समाप्त भएको घोषणा गरेको छ। यसले गर्दा ७ हजारभन्दा बढी नेपाली नागरिक अमेरिकाबाट निष्कासनको जोखिममा परेका छन्।
नेपाल आइसकेपछि डिपोर्ट भएका नागरिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागबाट मानव बेचबिखन अनुसन्धान ब्युरोमा सामान्य सोधपुछका लागि हस्तान्तरण गरिने गरेको छ। वासिङ्टन डीसीस्थित नेपाली दूतावासले आफ्ना नागरिकहरूलाई आवश्यक यात्रा कागजात उपलब्ध गराएर फिर्ता प्रक्रियामा सहयोग गरिरहेको छ।


